विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेलम्ची खानेपानी आयोजनालाई एडीबीले २ अर्व अनुदान दिने

715
shares

एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ। सञ्चालनमा नआउँदै २०७८ सालको बाढीले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएकाले हेडबक्स निर्माणका लागि २ अर्ब बढी नेपाली रुपैयाँ (१९.७५ मिलियन अमेरिकी डलर) अनुदान दिने एडीबी तयार भएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए।

बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरूले हेडबक्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेका बेला एडीबीले २ अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदान उपलब्ध गराएको सचिव आचार्यले बताए।उनले भने, ‘एडीबीले आफूले लगानी गरेको छ। आफैँले अध्ययन गराएको छ। उसको यति धेरै लगानी भइसक्यो। उसले पनि आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन।’ उनका भनाइमा, आयोजनाको क्षति ९० करोडको भए पनि एडीबीले २ अर्ब दिने भनेको हो। ‘उसले तपाईंहरूको ड्यामेज भयो, हामी २ अर्ब दिन्छौँ भन्यो। हामीले त्यो सुविधा लिने कि नलिने? हाम्रो खर्च ४ अर्ब होला। आधा त कभर गरिदियो नि। बाँकी २ अर्ब त हामी १-२ वर्षमा उठाइदिहाल्छौँ, काठमाडौंमा पानी जान थालेपछि,’ उनले भने।

२ वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो। सरकारले सहमति जनाएसँगै आयोजनाले हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ। यसको लागि झन्डै साढे ३ अर्ब लागत पर्ने अनुमान आयोजनाको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports