विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी जवान अजितले प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको प्रहरीको प्रारंभिक भनाई

858
shares

काठमाडौं । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत भेटिएका प्रहरी जवानले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जवान अजित गोलेको आत्महत्या प्रेमिकासँग जोडिएको पाइएको प्रहरी स्रोतको भनाइ छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ । घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा अजितको मोबाइल फोनसमेत बरामद भएको थियो । घटनास्थलमा भेटिएको मोबाइलबाट अजितले आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो । अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिएको छ ।

उनले प्रेमिकासँग करिब ५ महिनाअघि इन्गेजमन्ट गरेको समेत खुलेको छ । इन्गेजमेन्टपछि अजितले नै आफ्नी प्रेमिकालाई दुबई पठाएका थिए । अहिले पनि उनकी प्रेमिका दुबईमै रहेको खुलेको छ । दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको मोबाइलको म्यासेजमा भेटिएको छ । प्रेमिकासँग विवाद भएको बेलामा पटक–पटक उनले ‘मर्छु’ भन्दै म्यासेज पठाउने गरेको समेत भेटिएको ती अनुसन्धान अधिकृतले बताए । उनका अनुसार बुधबार बिहान पनि आत्महत्या गर्नुअघि ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल समेत गरेको देखिएको छ । ‘भिडिओ कल र घटना एकै समयमा भएको पाइएको छ ।

प्रहरीका अनुसार अजितले आफैंले बोकेको इन्सास राइफलबाट १ राउण्ड गोली हानेको पाइएको छ । उनी आज बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटीमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका उनलाई गत २८ जेठदेखि संसद भवनमा खटाइएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports