नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफूलाई असहयोग गरेको भन्दै राप्रपा महिला संगठनकी अध्यक्ष अञ्जनाले परित्याग गरिन पार्टी

637
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले राजीनामा दिएकी छिन् ।

राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर उनले राजीनामा दिएकी हुन् । उनले आफूलाई पार्टीको राष्ट्रिय प्रजातान्त्रिक संगठनको महिला तदर्थ समितिको संयोजकको रुपमा दिइएको जिम्मेवारी पूरा गर्दै प्रथम महाधिवेशनबाट गत वर्ष वैशाख २५ मा अध्यक्ष भएर धेरै काम गर्दा पनि असहयोग भएको भन्दै असन्तोष पोखेकी छन् ।

उच्च नेतृत्वलाई यसबारेमा जानकारी भए पनि सहयोग नभएको रावलले संकेत गर्दै राजीनामा दिएकी छन् । नेतृ रावलले आफूलाई पदभन्दा सिद्धान्त र नीति महत्वपूर्ण भएको उल्लेख गरेकी छन् । उनले राजीनामापत्रमा लेखेकी छन्, ‘आजको दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै मलगायत सम्पूर्ण मेरो परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटर समेत नरहने जानकारी दिन चाहन्छु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports