सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खापुङद्धारा ब्रम्हकुमारी राजयोग केन्द्र तथा गढि गाउँपालिका निर्माणाधिन भवनको निरिक्षण

728
shares

विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख माननीय परशुराम खापुङले ब्रम्हकुमारी राजयोग केन्द्रको वचन श्रवण तथा गढि गाउँपालिका सुनसरीमा निर्माणाधिन भवनका निरिक्षण गरेका छन् ।ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र प्रदेश नं १ की मुख्य संञ्चालिका ब्रम्हाकुमारी गीता दिदीज्युको निमन्त्रणामा प्रदेश प्रमुख माननीय परशुराम खापुङ विराटनगर १०, ब्रम्हाकुमारी पथस्थीत केन्द्रको भवन पुग्नु भएको हो । सेवा केन्द्रकी गीता दिदीज्यूले स्वागत गर्दै प्रदेश प्रमुखको आगमनले भवनमा उज्यालो छाएको बताएका हुन्

प्रदेश प्रमुख माननीय परशुराम खापुङले आफू भवनमा छिर्दा अत्यन्तै फरक अनुभूति भएको बताए । शान्त र सुमधुर धुनले प्रफुल्लित तुल्याएको बताउँदै हप्तादिन अगाडि तेह्रथुममा सेवा केन्द्रको भवनको शिलान्यास गर्न पाएको अनुभव पनि बताएका हुन् ।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृतबहादुर खापुङले पनि प्रार्थना र शिक्षाले मानिसलाई तुरुन्त परिवर्तन गराउन सक्ने क्षमता पाएको बताएका छन् । राजयोगको प्रार्थनापश्चात प्रदेश प्रमुखले सुनसरीको गढी गाउँपालिका वडा नं. १ मधेलीस्थीत निर्माणाधिन भवनको निरिक्षण गर्नुभएको थियो । २ विगाहाभन्दा बढि क्षेत्रफलमा रहेको निर्माणधिन भवनस्थलमा राजयोग केन्द्रले शिवशक्तिका विभिन्न स्वरुपहरु निर्माण गरिरहेका छ । ३० फुट अग्लो शिवलिङ्ग, त्यसको वरिपरि राखिएका शिवका महिमा, पिरामिडशैलीको मन्दिर बनिसकेको छ भने बहुउद्देश्यीय भवन निर्माणधिन अवस्थामा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports