सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंक अफ काठमाण्डूको २७औं वार्षिक साधारण सभा सम्पन्न

676
shares

 काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टाण्डर्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट ०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports