नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फ्रान्सलाई पराजित गर्दै इंग्ल्याड विश्वकप फुटबलको तेस्रो स्थानमा

312
shares

काठमाडौं। इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ। भर्खरै सम्पन्न खेलमा फ्रान्सलाई ६–४ गोलले हराउँदै इंग्ल्यान्ड तेस्रो भएको हो।

गोलको वर्षा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा ४ गोलको अग्रता लिएको थियो। डेक्लान राइसले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि १८ औं मिनेटमा एज्री कोन्साले, त्यसपछि बुकायो साकाले ३७ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई ४–० को अग्रता दिलाए। दोस्रो हाफका फ्रान्स खेलमा फर्कियो। ४८ औं मिनेटमा किलियन एम्बाप्पेले तथा ५४ औं मिनेटमा ब्राड्ली बार्कोलाले गोल गरे भने ६६ औं मिनेटमा पुनः एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई ३–४ को स्थितीमा ल्याए।

८७ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि इंग्ल्यान्ड पुनः ५–३ ले अघि बढ्यो। इन्जुरी समयमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ४–५ को स्थितीमा ल्याए।त्यसपछि खेल सकिएर अन्तिम सिटी बज्नै लाग्दा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए।गोलको वर्षा भएको यो खेल विश्वकप इतिहासकै तेस्रो स्थानका लागि भएको खेलमा सर्वाधिक गोल भएको कीर्तिमान बन्यो।

यस कीर्तिमानी खेलमा दुई गोल गरेका किलियन एम्बाप्पेले पनि अर्को कीर्तिमान थपे। उनी विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले २२ गोल गर्दै अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पारेका हुन्।यस्तै, जारी विश्वकपको गोल्डेन बुटको दौडमा पनि उनी १० गोलसहित शीर्षस्थानमा पुगेका छन्। मेसी ८ गोलसहित दोस्रो स्थानमा छन्। सोमबार मध्यरात १२ः४५ मा हुने फाइनलमा स्पेनसँगको खेलमा मेसीलाई एम्बाप्पेलाई उछिन्ने अवसर भने बाँकी नै छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports