गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने : गृहमन्त्री सुधन गुरुङ

247
shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अबदेखि सीमा क्षेत्रको अवलोकनका लागि गृहमन्त्री आफैं भन्दा पनि स्पेशल टास्क फोर्स बनाएर सादा पोशाकमा खटाइने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।‘सीमा नाकामा अब गृहमन्त्री जाने भन्दा पनि मिनिस्ट्रियल टास्क फोर्स बनाउने योजना बनाएका छौं,’ गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ । काम गर्नै गाह्रो हुने रहेछ । कतिपयले स्टन्ट पनि भनिदिनुहुँदो रहेछ । अब हामीले बुझिसक्यौं । अब सादा पोशाकको युनिटले जनताको दु:ख सीमामा बुझेर मनिटरिङ गर्छौं ।’

विशेषगरी मधेश, कर्णाली र सुदूरपश्चिमका जनताको आँशुको राजनीति यसअघि धेरै भएको सुनाउँदै अब आफ्नो सबैभन्दा धेरै प्राथमिकतामा यी प्रदेशहरू पर्ने बताए ।‘मलाई खड्केको विषय भनेको, म एउटा नागरिक हुँदा मधेश, कर्णाली र सुदूरपश्चिम भनेको धेरै जनताको आँशुमा राजनीति भएको ठाउँ हो । जनताले उपलब्धि भएको अनुभव गरेको छैन,’ गृहमन्त्री गुरुङले भने, ‘जेनजी आन्दोलनपछि हामी सरकारमा त थिएनौं तर विशेष प्राथमिकतामा मधेश, कर्णाली र सुदूरपश्चिममा बजेटका लागि समन्वय गरेका थियौं । अहिले पनि गृहमन्त्रीकै स्पेशल प्रायोरिटिमा छ ।’

त्यहाँका जनताले धेरै नै दुख पाएको भन्दै उनले अब आँशुको राजनीति नहोस् भन्ने चाहेको बताए ।‘यहाँका जनताले धेरै वर्ष भयो दु:ख पाएको । कसैले पनि जनताको आँशुमा राजनीति नगरोस् भन्ने हाम्रो हो । कुनै कमजोरी भयो भने सुधार्दै लैजाऔंला,’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports