सांसदलाई स्वकीय सचिव राख्नदिने सरकारको निर्णय बिरूद्ध सर्वोच्चमा २ वटा रिट दर्ता सोमवार सुनुवाई हुने
वि.सं.२०८३ साउन ८ शुक्रवार १६:३५
shares

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गराएका हुन् ।उनीहरुले स्वकिय सचिव राख्ने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार र दायित्व थपिने भन्दै सो निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।
सर्वोच्चले दुवै निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्ने जनाएको छ ।



































