गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध

650
shares

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको चीनसँगको नाका जोड़ने अरनिको राजमार्ग र काठमाडौं उपत्यका र पूर्वी जिल्ला जोड्ने बीपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार वर्षाका कारण बीपी राजमार्गमा रोशी गाउँपालिका –८ को नार्के, चार सयबेंसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि, वडा नम्बर– ११ कालढुङ्गा र वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई रामजार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरी नायव उपरीक्षक श्रेष्ठले अवरुद्ध सडकमध्ये रोशी गाउँपालिका –७ लासकोटस्थित अवरुद्ध सडक स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको बताए ।अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका– ८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन पाँचखाल नगरपालिकासँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गकै धुलिखेल-खावा सडकमा रूख ढलेर अवरुद्ध भएको र त्यसलाई हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका जोडिएका खोपासी चलाल ढुङ्खर्क च्याम्राङबेसी सुकुमफेदी फापरबारी सडकमा ग्वाभञ्ज्याङ खण्ड र पार्थली खण्ड अवरुद्ध भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports