गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा कक्रोच पार्टीले आफ्नो आन्दोलन समाप्त भएको गर्यो घोषणा

351
shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा जारी कक्रोच जनता पार्टी (सिजेपी)को एक महिना बढी समयदेखिको विरोध प्रदर्शन शनिबारबाट समाप्त भएको छ ।

सिजेपीले आजैबाट तत्काल लागू हुनेगरी आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।यो घोषणा आज केन्द्रीय सरकारसँगको वार्ताको तेस्रो चरणपछि आएको हो ।

वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सिजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलन अन्त्यको संयुक्त घोषणा गरेका हुन् ।

प्रवक्ता आशुतोषले सरकारसँग तीन चरणमा वार्ता भएको र आफ्ना तीनै वटा मागहरू सरकारले स्वीकार गरेको जानकारी दिए । उनका अनुसार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आन्दोलनकारीहरूमाथि लगाइएका सबै मुद्दा फिर्ता र नीट पीडित परिवारलाई १/१ करोड रुपैयाँ क्षतिपूर्ति दिने मागमा सरकार सहमत भएको छ ।

सिजेपीले देशभरबाट आएका प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा घर फर्कन आग्रह गरेको छ ।यसअघि आजै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports