गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशका ३१ स्थानमा भारी बर्षा, तटीय क्षेत्रमा बाढीको जोखीम बढ्यो

663
shares

काठमाडौं। जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । गएरातिदेखि भइरहेको वर्षाका कारण नारायणी, सप्तकोसीलगायत नदीको बहाव बढ्न थालेको विभागले जनाएको छ ।

त्रिवेणी गण्डक व्यारेजमा आज (शनिबार) बिहान गरिएको मापनअनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको हो ।

यस्तै, बागमतीमा पनि बाढीको जल सतह बढेको छ । लमजुङको विमलनगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ । आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports