गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने : नेपाली कांग्रेस

728
shares

काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने स्पष्ट पारेका हुन् ।

संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसकेको बताए । उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताए । उनले राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइ भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने बताए ।उनले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए । उनले बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको जिकिर गरे ।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले बिचमा राष्ट्रिय स्वार्थको रक्षा गर्नका निमित्त, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्नका निमित्त र अहिले संविधानको अभ्यास भएको ८ वर्ष भएको छ । संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरूको समीक्षा गरेर संविधानलाई समसामायिक रूपले संशोधन, परिमार्जन गर्ने सवाल । संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने विषय र त्यसका सँगै अहिलेको सरकार जुन बन्ने वाला छ, गठन हुन्छ, राष्ट्रिय सहमतिको सरकार त्यसमा पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने जुन सहमति छ, त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्दछौँ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको जुन सहमति भएको छ, कांग्रेस र एमालेबिच त्यो सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकार हो । त्यो सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वमा बन्छ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले यसै असार २८ गतेका दिनमा विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुने गरी संसद् सचिवालयमा पठाउनुभएको छ । आजको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’ बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको भइ नागरिको जीवन असहज भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको बताए । उनले बैठकले समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports