गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इराकको स्वशासित राज्य कुर्दिस्तानमा बढीले बगाउँदा दुई नेपालीको निधन

832
shares

इराकको स्वशासित राज्य कुर्दिस्तानमा  हिजो शुक्रबार बढीले बगाउँदा दुई नेपालीको निधन भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार बाढीमा परेर दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको मृत्यु भएको छ ।

कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले शेर्पा र राई सवार सवारी साधनलाई बगाउँदा दुवै जनाको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि आएको बाढीले अर्विललगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।

मृतक शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुग्नुभएको थियो । उहाँहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै हिजो शुक्रबार काम रोकेका छन । कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports