सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्यटन बोर्डका सिइओमाथि छानबिन गर्न उपसमिति गठन

520
shares

नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिइओ)धनञ्जय रेग्मीको विषयमा छानबिन गर्न उपसमिति गठन भएको छ।

पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा हिजो शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले सिइओ रेग्मीमाथि छानबिन गर्न उपसमिति गठन गर्दै रेग्मीलाई निलम्बन गरेको हो।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। तीन सदस्यीय समितिमा दुई जना मन्त्रालयबाट सिफारिस भएका व्यक्ति हुनेछन् ।

रेग्मीले विदेशबाट फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीलाई दुर्व्यवहार गरेको र बोर्डको हितविपरीत काम गरेको गुनासो आएपछि छानबिन गर्न सञ्चालक समितिले समिति बनाएको हो।

छानबिन प्रभावित नहोस् भनेर रेग्मीलाई निलम्बन गरिएको पर्यटनका उपाध्यक्ष रिजालले जानकारी दिएका छन्। ‘छानबिन समिति बनेपछि सिइओलाई काम गर्न नदिने भन्ने व्यवस्था अनुसार उहाँलाई निलम्बन गरेर छानबिन अगाडि बढाउन लागिएको हो’, उनले भने,‘१५ दिन भित्र समितिले प्रतिवेदन बुझाएपछि के गर्ने भन्ने निर्णय हुन्छ।’

करिब १ महिना अगाडि लन्डनबाट फर्किंदा रेग्मीले ल्याएको ६ बोतल मदिरा भन्सार नियमविपरीत भएको भन्दै कर्मचारीले रोकेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports