सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानमा बिस्फोट हुँदा १५ को मृत्यु

455
shares

इस्लामाबाद । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ बिस्फोट भएको थियो ।
बिस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।
बिस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । बिस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् । बिस्फोटका दर्जनौं घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बिस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ग्यास चुहावट वा अन्य केही बिस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports