नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट फिर्ता

624
shares

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट निवेदकहरुले फिर्ता लिएका छन् ।

रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले माग बमोजिम उक्त रिट निवेदन फिर्ता गरिदिएको छ । यसअघि ६ भदौमा न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारले अन्तरिम आदेश खारेजीको निवेदन लिएर सर्वोच्च पुगेको थियो । सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले १४ भदौमा फुयालको अन्तरिम आदेश खारेज गरेको थियो ।

त्यससँगै १६ भदौमा नेपाल प्रहरीका ९० प्रहरी अधिकारीहरु एकसाथ ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । १६ भदौ २०५१ मा प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना भएकाहरु ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए । अवकाशमा गइसकेपछि उनीहरुले उक्त रिटको औचित्य नहुने भन्दै फिर्ता लिन भन्दै निवेदन दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports