linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा पनि उछाल

702
shares

लण्डन । अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए ।

रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गरेका छन् । धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँ अगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो । युरोपका मुख्य शेयर सूचकाङ्कहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो । चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए । बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो ।

‘ट्रम्प ट्रेड पूर्ण गतिमा छ’, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भने । ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ । यसलाई मुद्रास्फीतिका रूपमा मानिन्छ र त्यसैले आगामी महिनाहरूमा फेडरल रिजर्भले ब्याजदरमा कम कटौती गर्नेछ ।यसले मुख्य प्रतिद्वन्द्वीविरूद्ध डलरलाई बढावा दियो र युरोविरुद्ध एक दशमलव पाँच प्रतिशतभन्दा बढीले बढ्यो । फेडले बिहीबार आफ्नो पछिल्लो दर निर्णय घोषणा गर्दैछ । ‘फेडरल रिजर्भले भोलि सम्भावित २५ आधार अङ्क कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ, ट्रम्पका नीतिहरू स्वाभाविक रूपमा मुद्रास्फीति हो भन्ने धारणालाई ध्यानमा राख्दै डिसेम्बरको बैठकका लागि हामीले पहिले नै अपेक्षाहरू कम भएको देख्दैछौँ’, स्कोप मार्केटका विश्लेषक जोशुआ महोनीले पूर्वानुमान गरे ।

अमेरिकी ट्रेजरी प्रतिफलले पनि बुधवार समर्थन प्राप्त गरेको छ । ‘लगानीकर्ताहरूले शुल्क र (अमेरिकी) आप्रवासनमा कडाइका लागि तयारी गरिरहेका छन्, यी नीतिहरूलाई मुद्रास्फीतिका रूपमा मानिन्छ । यसले आगामी वर्षहरूमा ब्याजदर उच्च हुनसक्ने सङ्केत गर्दछ’, हाग्र्रिभ्स ल्यान्सडाउनका मनी एन्ड मार्केट्स प्रमुख सुसान्ना स्ट्रिटरले भने, ‘ट्रम्पको राष्ट्रपतिको अर्थ ठूला प्रविधि र ठूला वित्तमा कम नियमहरू हुनेछन् भन्ने अपेक्षा उच्च छ ।’ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि पूर्व–बजार अमेरिकी कारोबारमा टेस्लाको सेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ ।

बिटक्वाइन छ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१ दशमलव ६७ डलर पुगेको छ ।ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘ट्रम्पको नेतृत्वमा अमेरिकी कुवाबाट थप कच्चा तेल बग्ने अपेक्षाबीच अन्यत्र तेलको मूल्यमा गिरावट आएको छ’, स्ट्रिटरले भने, ‘ट्रम्पको अर्को राष्ट्रपतिकालले ऊर्जा स्वतन्त्रतामा जोड दिने सम्भावना छ र उहाँका नीतिहरूले जीवाश्म इन्धनलाई प्राथमिकता दिने, तेल, ग्यास र कोइला उद्योगहरूमा नियमन खुकुलो पार्ने सम्भावना छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports