linktrix Long Ad
Salt Trading Long Ad

हवाई भाडामा कालो बजारी गरेको भन्दै मन्त्रीलाई ज्ञापनपत्र

715
shares

काठमाडौं । हवाई भाडामा कालोबजारी भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ । नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरुले अत्यन्त महँगो दरमा विदेश जाने हवाई टिकट खरिद गर्नु परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै संघले हवाई कम्पनीहरुले दिनदिनै भाडा वृद्धि गरिरहेकोले सरकारले तुरुन्तै त्यसविरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेको छ । नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा दैनिक रुपमा औसत १ हजार ५०० कामदार वैदेशिक रोजगारमा गइरहेका छन् । नियमित रुपमा एयरलाइन्सहरुको व्यापार वृद्धि भएको पनि केही सीमित एयरलाइन्सहरुको मिलेमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको संघको आरोप छ ।

अस्वभाविक रुपमा मूल्य वृद्धि गरेर टिकटमा सिन्डिकेट खडा गरिएको ज्ञापनपत्रमा उल्लेख छ । व्यवसायीहरुका अनुसार पर्यटक आउने मुख्य समयमा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरउन्नतिको बाहानामा दैनिक १० घण्टा बन्द गरिएको कारण देखाउँदै हवाइ कम्पनीहरुले भाडा बढाएका छन् । ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पुर्‍याएका छन् । यसरी टिकटदर दोब्बर मूल्यको टिकटमा कामदार विदेश जान बाध्य भएकोले कालोबजारीलाई रोकेर सस्तो र सुलभ एवम्‌ नियमित दरकै मूल्यमा टिकट पाउने वातावरण बनाउन संघले माग गरेको छ ।

सस्तो दरमा कामदार जान पाउने व्यवस्था नगरिए श्रमिकहरु वैदेशिक रोजगारीमा जान नपाउने भएकाले वैदेशिक रोजगारीको अवसर समेत गुम्ने संघको दाबी छ । यसले विदेशी मुद्राको सञ्चितिका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने ज्ञापनपत्रमा उल्लेख छ ।नेपाल जस्तै मलेसिया र खाडीका राष्ट्रहरुमा कामदार पठाउने भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान इन्डोनेसिया लगायत सार्क राष्ट्र देशहरुबाट कामदार पठाउँदा यति धेरै हवाइ भाडा नभएको जानकारी समेत ज्ञापनपत्रमा दिइएको छ । भारतको दिल्लीबाट दुबईको रु २६ हजार ६२३ देखि ३० हजार ४९४ रुपैयाँसम्म र बगंलादेशबाट दुबईको २३ हजार ३२९ देखि २६ हजार २१४ रुपैयाँ बराबर भएको समेत जानकारी गराउदै नेपालमा मात्र हवाई मफियाले कृत्रिम अभाव खडा गरेको आरोप व्यवसायीहरुको छ ।

‘तसर्थ वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ अनुसार स्वदेशी विमानस्थलबाट कामदार पठाउन हवाइ जहाजको टिकट अत्याधिक महङगो भएका कारणले श्रम स्वीकृति लिई भिसा प्राप्त भई सकेका कामदारको हकमा ना अब्जेक्सट लेटर लिएर छिमेकी राष्ट्र भारतको विमानस्थल प्रयोग गरी कामदार पठाउने व्यवस्था मिलाउन माननीय मन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports