सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महिला साफ च्याम्पियनपसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामै सीमित

598
shares

महिला साफ च्याम्पियनपिस फुटबल प्रतियोगितामा नेपाल चौथौ पटक फाइनलमा पुगेर नेपाल उपाधि जित्नबाट वञ्चित भएको छ । भारतसँग लगातार चौथो फाइनलमा भारतसँग पराजित हुँदै नेपाल चौथो पटक उपविजेतामै सीमित बन्यो ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ ले पारजित हुँदै पुनः उपाधि जित्नबाट वञ्चित बनेको हो । योसँगै भारतले भने लगातार पाचौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । प्रतियोगितामा शतप्रतिशत नतिजा निकलोको भारत सबै संरकणको च्याम्पियन हो ।

नेपाललाई घरेलु मैदानमा पराजित गर्दै भारतले लगातार पाचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा भारतले नेपालमाथि ३–१ को सहज जित निकाल्यो ।

खेलमा भारतले सुरुवाती अग्रता लियो । २६ औं मिनेटमा मिडफिल्डर डालिमा छिब्बरले फ्रिक्किमा उत्कृष्ट गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ३३ औं मिनेटमा साम्बा अर्थात् सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । साम्बाले गीता राई क्रसमा हेडिङ मार्फत् गोल गरेकी थिइन् ।

पहिलो हाफामा भारतलाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा भने आफ्नो लय गुमायो र २ गोल खायो । दोस्रो हाफमा नेपालले लागतार मिस पास खेल्न भारत खेलमा पकड कायम गरेको थियो ।

नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै भातरले पुनः खेलमा अग्रता लियो । ६३औं मिनेटमा भारतकी ग्रेस दाङ्तेइले डिफेन्सको गल्तीमा वान भर्सेस वानमा गोल गर्दै गरेकी थिइन् । त्यसपछि झन लय गुमाएको नेपालले ७८ औं मिनेटमा अर्को गोल खायो । डिफेन्सले राम्रोसँग मार्क गर्न नसक्दा अन्तु तामाङले गोल गरिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports