सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउँदै पोखरा महानगर

546
shares

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गरेको छ । विभिन्न बहानामा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेपछि महानगरले सार्वजनिक जग्गा खोजी र संरक्षण अभियान सुरु गरेको हो । यही क्रममा सोमबार पोखरा महानगरपालिका–५ को सार्वजनिक जग्गामा बनेका दुई घरमा महानगर डोजर चलाइएको छ ।

महानगरका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले सार्वजनिक जग्गामा बनेका सबै संरचना महानगरलले भत्काउन सुरु गरेको जानकारी दिए । सार्वजनिक जग्गामा बनाएका संरचना हटाउन महानगरले पटक–पटक सूचना जारी गरे पनि अटेर गर्नेहरूको घर भत्काउन सुरु गरेको उनले बताए । उनले भने, ‘अटेर गरी निर्माण गरिएका पोखरा–५ बाँसटारिस्थित दुई घर भत्काएका हाैं ।’

जनप्रतिनिधि आउनुअघि नै महानगरले सार्वजनिक जग्गामा बनेका संरचनाबारे अध्ययन गरेको उनको भनाइ छ । जनप्रतिनिधि आउनुअघिदेखि सार्वजनिक जग्गामा बसेका सुकुम्बासीलाई महानगरले व्यवस्थापन गर्ने तर पछि बनेका सबै घर भत्काउने नेपालीको भनाइ छ । बाँसटारी क्षेत्रमा रहेको १९ रोपनी सार्वजनिक जग्गामा १ सय २७ घर जनप्रतिनिधि आउनुअघि नै बनेकाले त्यहाँ बसेकाहरूको अवस्था महानगरले अध्ययन गरिरहेको उनले बताए ।

महानगरले सोमबार बाँसटारीका युवराज खतिवडाले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको घर र पोखरा–१८ बस्ने वासुदेव आचार्यले पर्ती जग्गा मिचेर बनाएको कम्पाउन्ड वालसहितको टिनको घर भत्काएको हो । उनीहरूले सार्वजनिक जग्गामा बनेको संरचना आफैं भत्काउँछु भनी यसअघि पटक–पटक प्रतिबद्धता जनाए पनि नभत्काएपछि महानगरले बाध्य भएर भत्काएको नेपालीले जानकारी दिए ।

करिब एक महिनाअघि खतिवडाको छेवैमा रहेको संरचनामा महानगरले डोजर लगाउँदा उनले त्यसवेला पनि आफैं भत्काउने आश्वासन दिएको नेपालीको भनाइ छ । घर भत्काउन डोजरसहित पुगेका टोली र स्थानीयबीच केहीबेर भनाभनसँगै अवरोध गरेपछि थप प्रहरी झिकाएर संरचना भत्काइएको थियो ।

आफ्नो घर भत्काएर महानगरले शक्ति र सत्ताको दुरुपयोग गरेको खतिवडाको आरोप छ । घरको विवाद उच्च अदालत पुगेको र आगामी १३ चैतमा पेसी रहेकाले त्यतिन्जेलसम्म पर्खन आग्रह गरे पनि कुनै सुनुवाइ नगेको उनको भनाइ छ । नेपालीले अदालतमा मुद्दा परेकाले घर नभत्काएको बताए । उनले भने, ‘यदि अदालतले सो स्थान खतिवडाकै हो भनी फैसला गरे क्षतिपूर्ति दिनेछौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports