प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लागूऔषध कारोबारी नियन्त्रण गर्न गोली चलाईयो

910
shares

नवलपरासी । पश्चिम नवलरासीमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ । बिहीबार राति ८ बजेतिर नवलपरासीको रामग्राम नगरपालिका–१२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय राजेश लोनिया रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए । उनको खुट्टाको गोली लागेको छ ।डिएसपी बोहराका अनुसार राजेश लोनियाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली लोनियाको घरमा पुगेको थियो । त्यहाँ लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन खोज्दा उनीहरू प्रहरीमाथी जाइलागेपछि गोली चलाएको डिएसपी बोहराले बताए ।

त्यस क्रममा प्रहरीले चार राउन्ड फायर गरेको र एउटा गोली मात्रै भागिरहेको लोनियालाई लागेको थियो । अर्का व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।प्रहरीको गोली लागेर घाइते भएका लोनियालाई प्रहरीकै गाडीमा जिल्ला अस्पताल परासी पठाइएको छ । उनको अवस्था मध्यम रहेको डिएसपी बोहारले जानकारी दिए । लोनियाको घरबाट ९३ पुरिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद भएको पनि प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports