आईएमइ लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो
वि.सं.२०८१ माघ १८ शुक्रवार ०९:१८
shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा २६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले गत आवको सोही अवधिको तुलनामा १४.१२ प्रतिशत बढी नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आव सोही अवधिमा २३ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने कम्पनीले अघिल्लो आवको सोही अवधिमा २ अर्ब ६५ करोड ४४ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले ६ महिनामा २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आव सोही अवधिमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा कम्पनीको महाविपति कोषमा २१ अर्ब ७५ लाख रुपैयाँ रहेको छ ।





































