विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको बजेट १२ लाख सम्मको आम्दानीमा कर नलाग्ने

702
shares

काठमाडौं । लगातार तेस्रोपटक भारतीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यम आर्थिक अवस्था भएकाहरूलाई विशेष प्राथमिकता दिँदै नयाँ बजेट ल्याएका छन् ।

भारतीय बित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा २०२५ को बजेट पेश गरिन् । बजेटमा यसअघिको कर प्रणालीमा सुधार गर्दै १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणालीको व्यवस्था गरिएको छ ।भारतीय सञ्चारमाध्यमहरूले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था बजेटमा गरिएको जनाएका छन् ।

मोदी नेतृत्वको सरकारले नै यसअघि सन् २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख रुपैया तथा सन् २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको सीमासम्मको रकममा करमुक्त गरिएको थियो ।कतिपय अर्थविदहरूले यसलाई पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठूलो सुधारको रूपमा व्याख्या गरेका छन् । बित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले लगातार आठौँपटक बजेट ल्याएकी हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports