विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज भारतमा आठौ पटक संसदमा बजेट अर्थमन्त्री सीतारमणले पेश गर्ने

819
shares

नयाँ दिल्ली । भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार लगातार आठौँ बजेट प्रस्तुत गर्दैछिन् ।

उनी बिहानै निवासबाट अर्थ मन्त्रालय पुगेकी थिइन् । आधा घण्टा मन्त्रालयमा बसेपछि राष्ट्रपति भवन पुगेर उनले बजेटको प्रति राष्ट्रपति द्रौपदी मुर्मुलाई हस्तान्तरण गरेकी छन् ।अब बिहान ११ बजे संसद्‍मा अर्थमन्त्रीको सम्बोधन सुरु हुनेछ । पछिल्ला बजेट जस्तै यो बजेट पनि पेपर लेस हुने बताइएको छ ।

बजेटबारे शुक्रबार संसद् परिसरमा बोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘साथीहरू, देशका जनताले मलाई तेस्रो पटक यो जिम्मेवारी दिएका छन् । यो तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो। म विश्वासका साथ भन्न सक्छु कि सन् २०४७ मा स्वतन्त्रताको १०० वर्ष पुग्दा, देशले विकसित भारतको लागि जुन संकल्प लिएको छ, यो बजेट अधिवेशन र यो बजेटले नयाँ विश्वास सृजना गर्नेछ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports