सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५२ जनालाई संवैधानिक निकायमा नियुक्ती बारे आज सुनुवाइ

533
shares

काठमाडौं । संवैधानिक इजलासका ५२ जनाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज सुनुवाइ हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ नियुक्त्वििरुद्धमो मुद्दा सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा पेसी तोकिएको हो । ०७७ साल पुसमा दर्ता भएको उक्त मुद्दा एकपछि अर्को पेसी तोकिने अनि सुनुवाइ स्थपगत हुँदै आएको थियो ।

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गरिएको छ ।उक्त रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।

त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने त्यसपछि लगातार हेर्न नभ्याउने र नमिल्ने हुँदै सर्दै आएको छ । आज पनि पेसी सूची संवैधानिक इजलासको चौथो नम्बरमा छ । सुरुका मुद्दाले धेरै समय खाए चौथो नम्बरको पालो नआउन पनि सक्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports