सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहालले दिएका थिए रवि लामिछानेलाई सफाई

585
shares

 

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धनको केपी ओली नेतृत्वको सरकार अलोकप्रिय र असफल सावित भएको उद्घोष गर्दै आएका छन् । ओली सरकार आसफल सावित हुनु भनेको माओवादी केन्द्र र अध्यक्ष दाहाल सफल हुनु चाँहि हुँदै होइन । के दाहाल सत्ताका लागि विचौलिया र दृष्य, अदृष्य शक्ति स्वार्थको लागि चलखेलमा नलागेका स्वच्छ नेता हुन् त भन्ने चर्चा समेत यतिबेला चल्ने गरेको छ । दाहाल संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेकाले सरकार असफल भए उनी चाँहि कसरी सफल त ?
पुष्पकमल दाहालको सत्ता मोहबाट आजित भएका नेपाली कांग्रेस र नेकपा एमालेले गत असार १७ गते ७ बुँदे सहमति गरेर सरकार निर्माण गरेपछि मात्र दाहाल सत्ताको रिङबाट बाहिरिएका थिए । सत्ताबाट विमुख भएपछि उनी र उनका सबै गतिविधि, अभिव्यक्ति, सत्ता प्राप्तिकै खेलमा नै निर्देशित भएका छन् । सहकारीको रकम ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति उनी नरम रहेका र सरकारले उनलाई प्रतिशोध लिएको आरोप लगाउँदै उनी आफैँ न्यायाधिश भएजस्तो व्यवहार देखाउँदै लामिछानेलाई सफाई दिँदै आएका छन् ।
लामिछाने माथि उनले देखाएको सदासयता समेत सत्ता स्वार्थमै जोडिएको छ । परिस्थितिलाई आफ्नो पक्षमा पार्न खप्पिस रहेका दाहाल अहिले रास्वपाको पक्षमा सरकारात्मक अभिव्यक्ति दिँदा भोली रास्वपालाई आफ्नो पक्षमा लिन सकिने र आउँदो निर्वाचनमा आफ्नो पक्षमा पार्ने रणनीति दाहालले लिएको जस्तो देखिएको छ ।
दाहाल प्रधानमन्त्री रहेका बेला तत्कालिन महान्यायाधिवक्ता र नेपाल प्रहरीका महानिरीक्षक (आइजी)लाई संसदीय समितिमा उपस्थित गराएर लामिछानेका विरुद्ध कहिँ कतै सहकारी ठगी सम्बन्धमा उजुरी नपरेको बताउन लगाएका थिए । महान्यायाधिवक्ता कार्यालयले त पत्र नै पठाएर रविलाई सफाई दिएको थियो भने तत्कालिन प्रधानमन्त्री दाहालले संसदीय समितिमा उपस्थित भएर उनलाई न्यायाधिस जस्तै बनेर सफाई दिएका थिए । यसरी संसदीय समितिलाई समेत ढाँट्ने दाहालले जनतालाई ढाँट्नु कुन ठुलो कुरा हो र कि कसो दाहाल ज्यु ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports