सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा

637
shares

काठमाडौं । काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ ।

प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् ।टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै डिफेन्डरहरूमा अमृता जैसी, गिता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ छन् ।मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् ।

दोस्रो चरणको छनोटमा परेका ३० खेलाडीबाट ७ जना बाहिरिएका हुन् । गोलरक्षकहरू साबित्री किसन र सुजाता तामाङ, डिफेन्डरहरू सजनी थोकर र प्रतिक्षा चौधरी, मिडफिल्डरहरू सम्झना लावती र बिर्सना चौधरी तथा फरवार्ड ममता पुन अन्तिम टोलीमा अटाउन सकेनन् ।डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । साफ च्याम्पियनसिपका दौरान घाइते भएका हिराकुमारी भुजेल र दिपा शाहीको स्थानमा उनीहरू आएको प्रशिक्षक राजेन्द्र तामाङले जनाए । वाफमा खेलेकी रेनुका हमाल र चन्द्रा टोलीमा फर्किएका छन् ।

साफ खेलेको टिममा रहेकी डिफेण्डर सजनी थोकर पनि बाहिर छिन् । डिफेन्समा मनमाया सहित बिमला चौधरीलाई राखिएको छ । आर्मीको प्रशिक्षणमा रहेकी अमिषा कार्कीको स्थानमा चन्द्रा आएकी हुन् ।क्लब फुटबलका लागि बाहिर रहेका खेलाडीमध्ये एन्जिला नेपाल आइसकेकी छन् । रेखा र साम्बा आउन बाँकी छ ।आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलोपटक चारदेशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान आज आउँदै छ भने बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports