सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल लाइफको ‘घातक रोग सुविधा योजना’

494
shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न घातक रोगको जोखिम बहन गर्ने बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सोमबार आयोजित एक कार्यक्रमबीच ५० लाख रुपैयाँसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बिमा योजना सार्वजनिक गरेको हो ।

विभिन्न समयमा ग्राहकलक्षित विभिन्न योजना ल्याइरहेको कम्पनीले सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ योजना सार्वजनिक गरेको बताएको छ । योजनामा सहभागी हुन नियमित बिमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी दिएको छ ।  विभिन्न घातक रोग लाग्दा पर्नसक्ने आर्थिक समस्यालाई दृष्टिगत गरी योजना सञ्चालन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले जानकारी दिए ।

हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले सहयोग पुग्ने विश्वास सिइओ झाले व्यक्त गरे । कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बिमा अवधिमा तोकिएका घातक रोग लागेमा बिमाले जोखिम बहन गर्नेछ ।

साविकको योजना भने बिमा अवधिसम्म चालू रहने बताइएको छ । यस पूरक करारले थप जोखिम बहन गर्ने कम्पनीको भनाइ छ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बिमा गरेका बिमित वा नयाँ बिमितले तोकिएका सर्त पूरा गरी यो थप सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुन नियमित बिमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले जानकारी गराएको छ । जीवन बिमा बजारमा झन्डै एकतिहाइ भाग ओगटेको यस कम्पनीले विभिन्न योजनामार्फत सेवाग्राहीलाई उच्चतम लाभ तथा प्रतिफल प्रदान गरिरहेको छ ।

यस योजनामा क्यान्सर, अन्तिम चरणको मिर्गौला फेल, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेस्ट सिएबिजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भको मर्मत, मस्तिष्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगको पक्षाघात, अन्तिम चरणको कलेजोको विफल, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको÷डढेको गरी विभिन्न रोग समावेश गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports