kumari
stcnepal

यात्राको ट्रेलर सार्वजनिक

काठमाडौं । यात्रा– द म्युजिकल भ्लगको ट्रेलर सार्वजनिक भएको छ । नवनिर्देशक सम्राट शाक्य निर्देशित फिल्मको सोमबार राजधानीमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो । केशव भट्टराई, सुशील पोखरेल, चिजकुमार श्रेष्ठ, सर्जुमान लिगललगायतको संयुक्त निर्माणमा बनेको फिल्मको ट्रेलरमा कमेडी, लभ र सोसियल ड्रामा समेटिएको छ ।

चैत २९ गते प्रदर्शन हुने फिल्ममा सलिनमान बानयाँ, मालिका महत, प्रकाश अधिकारी, सलोन बस्नेत, जाहान्वी बस्नेत, राजाराम पौडेल, रेअर राई, विशाल कटुवाल, प्रेक्षा बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता भट्टराईले यात्रा पूर्ण मनोरञ्जनाक फिल्म भएको बताए । त्यसैगरी, अर्का निर्माता पोखरेलले दर्शकको मनोरञ्जनका लागि आफूहरूले लगानीमा कन्जुस्याइँ नगरेको बताए । त्यसैगरी, राजनीतिक पृष्ठभूमिका निर्माता चिजकुमारले यात्राले आफ्नो लगानीको यात्रा सुरु गरिदिएको बताए । कार्यक्रममा यात्रा युनिटले चिजकुमारको जन्मदिन मनाएको थियो ।

डेब्यु निर्देशक सम्राट र अभिनेता राजारामले यात्रा सुटिङका क्रमका विविध रमाइला पक्ष बताएका थिए । अभिनेता सलिनमानले यात्रा आफ्नो दोस्रो फिल्म भएकाले पहिलाको भन्दा अझै बढी माया पाउने विश्वास व्यक्त गरे ।

नवअभिनेत्री मालिकाले दृष्टिविहीनको अभिनय गर्न निकै सकस भए पनि आफूले त्यो चुनौती पार गरेको बताइन् । निर्देशक सम्राट आफैँले लेखेको फिल्म सञ्जय लामाले खिचेका हुन् ।

footer