तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवन राष्ट्रिय निकुञ्जमा १३ वर्षसम्मको अवधिमा २८९ वटा गैँडा मरे

468
shares

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो साढे १३ वर्षको अवधिमा २८९ वटा गैँडा मरेका छन् । मरेका केही गैँडामध्ये धेरै कालगतिले मरेका छन् । यस्तै केही गैँडा चोरी शिकारी, जुधेर तथा केही गैँडा बाढी र बाघको आक्रमणबाट मरेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । विसं २०६५ असारदेखि हालसम्म निकुञ्ज र वरिपरिका क्षेत्रमा २८९ वटा मरेको चितवन राष्ट्रिय निकुञ्जका सू्चना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् ।

उहाँका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी गैँडा मरेका छन् । उक्त वर्ष मरेका ४३ गैँडामध्ये १३ वटा पोथी, नौवटा भाले तथा बाँकी गैँडाको लिङ्ग पहिचान गर्न नसकिएको तिवारीले बताउनुभयो । यस्तै वयस्क गैँडाको धेरै मृत्यु भएको छ । वयस्क तथा वृद्धावस्थाका १६ वटा, पाँच वर्षमुनिका सातवटा तथा बाँकीको कङ्कालमात्रै भेटिएको कारण उमेर पत्ता लगाउन नसकिएको तिवारीको भनाई छ । त्यसैगरी सोही वर्ष आठ गैँडा जुधेर, गोहीको आक्रमणबाट एउटा, सेफ्टी ट्याङ्कीभित्र खसेर एउटा, खाल्डामो खसेर एउटा, बिरामी भएर एउटा, वृद्धावस्थाका कारण दुई तथा आठवटा गैँडाको मृत्युको कारण पत्ता लगाउन नसकिएको तिवारीले बताएका छन् ।
चितवन निकुञ्जमा २०६५/६६ मा १७, २०६६/६७ मा २५, २०६७/६८ मा १६, २०६८/६९ मा १३, २०६९/७० मा १० गैँडा मरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा ११/११ वटा, २०७२/७३ मा १४, २०७३/७४ मा २५, २०७४७५ र २०७६/७७ मा २६/२६ वटा, २०७७/७८ मा ३३ वटा गैँडा मरेका निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार चालु आर्थिक वर्षको हालसम्म १९ वटा गैँडा मरेका छन् । चालु आर्थिक वर्षमा मरेका १९ गैँडामध्ये दुईवटा गैँडा चोरी शिकारी, प्राकृतिक कारणले तीनवटा, सिमसार तथा बालुवामा फसेर सात, एकापसमा जुधेर चार, बाघको आक्रमणबाट एक, दुईवटा गैँडाको कङ्कालमात्रै भेटिएका कारण मृत्युको कारण पत्ता नलागेको तिवारीले जानकारी दिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गैँडा संरक्षणका लागि विभिन्न पहल गर्दै आएको भए पनि चोरी शिकारी नियन्त्रण गर्न भने असफल देखिएको छ । निकुञ्जले पछिल्लो साढे १३ वर्षको अवधिमा विभिन्न समयमा गरी तीनपटक सम्म शून्य चोरी शिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको थियो । निकुञ्ज सुरक्षाका लागि नेपाली सेनाको टोलीले नै निकुञ्जभित्रका विभिन्न ५८ स्थानमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय चितवनमा पर्ने भए पनि यो निकुञ्ज विभिन्न चारवटा जिल्लाको १२ वटा स्थानीय तहमा फैलिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports