तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३०० औँ पृथ्वीजयन्तीको उपलक्ष्यमा पूर्वराजा भन्नुहुन्छ

468
shares

 

पूर्व राजा ज्ञानेन्द्र शाहले वडामहाराज धिराज पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्तीको उपलक्षयमा एक लिखित व्यक्क्तय प्रकाशित गर्दै भन्नुभएको छ । जो यस प्रकार छ ।
पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा बक्सेको शुभकामना । श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुनित अवसरमा समस्त देशभक्त एवं राष्ट्रप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछौं ।

हामी सगर्व भन्ने गर्दछौं – हाम्रो राष्ट्र नेपाल- हामी नेपाली । मन र मगजले स्वाभिमानका साथ भन्दछ -स्वतन्त्र, सार्वभौम र गौरवशाली नेपाली । हामीलाई यस्तो वैभव प्रदान गर्ने हाम्रा अमर तथा ऐतिहासिक धरोहर श्री ५ वडामहाराजाधिराजको राष्ट्रभक्ति, साहश र नेपाली आट -आकांक्षाबाट नै यो सुन्दर फुलबारी नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको हो । राष्ट्रियताका आधारहरु माथी प्रहार भई देशको अस्तित्व समेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र वडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महशुस हामीले गरेका छौं । राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशिलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला हामी असन्तुलनको परिणाम व्यहोर्दै छौं ।

देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन् । राष्ट्रको कीर्ति र जनताको सुखी बाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन । जन इच्छा र प्रगतिसंग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियुन, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ । प्रणाली केवल साधन हुन् ।

साधन परिवर्तनलाई नै महान उपलव्धीका रुपमा वर्णन गर्ने प्रयास हुंदै आएका छन् । सबै भन्दा उन्नत दावि गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्व प्रतिनै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ, भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय वरवाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुंदैन । हम्रो भूगोल, माटो र पन – आफ्नै धर्म संस्कृति एवं गतिविधि नै हामीलाई प्यारो र राम्रो लाग्छ । आफ्नो गौरवमय अस्तित्वलाई जोगाइ राख्न हिमाल, पहाड र तराइका सबै हामी एक बनौं । हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिंगारौं भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो । जय नेपाल । २०७८ पुस २७ गते

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports