सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

किट विश्वविद्यालयले प्रकृतिको नाममा नेपाली बिधार्थीलाई विषेश छात्रवृत्ति दिने गर्यो घोषणा

572
shares

काठमाडौँ । भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।

घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक निधनले सबैलाई दुखित तुल्याएको किटको भनाइ छ । किटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने बिहीबार सामाजिक सञ्जालमार्फत जनाएको छ । यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने किटको भनाइ छ ।

प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरेको र नेपालका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि फोनमा कुराकानी गरेर घटनाबारे जानकारी गराएको किटले जनाएको छ । प्रकृति होस्टमै मृत फेला परेपछि विश्वविद्यालयमा आन्दोलन भएको थियो भने विद्यार्थीहरूलाई निकाल्ने काम समेत भएको थियो । सो घटनाको नेपालका साथै भारतमा समेत चर्को विरोध भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports