सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब ३० दिनमा नै डिलिट हुनेछन फेसबुक लाइभ भिडियोहरू

689
shares

काठमाडौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ ।

फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ ।फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।

फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा सुरुवाती केही हप्तापछि भ्यूज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले स्पष्ट पारेको छ ।‘तपाईंको सङ्ग्रहित लाइभ भिडियोहरू मेटिनु अघि, तपाईंलाई इमेल र एपमार्फत सूचित गरिनेछ, र त्यसपछि सामग्री डाउनलोड गर्न वा स्थानान्तरण गर्न तपाईंलाई ९० दिनको समय दिइनेछ,’ फेसबुक भनेको छ ।यसरी धेरै नहेरिने भिडियो मेट्दा फेसबुकसँग ठूलो मात्रामा सर्भर र स्पेस बचत हुनेछ ।फेसबुकका अनुसार, यदि प्रयोगकर्ताहरूले तोकिएको अवधिमा पुराना लाइभ भिडियोहरू डाउनलोड वा अन्य विकल्पमा काम नगरेर स्वतः मेटिनेछन् । यसरी मेटिइसकेपछि प्रयोगकर्ताले पुनः त्यो भिडियो स्टोर गर्न सक्ने छैनन् ।फेसबुकले ‘अतिरिक्त छ महिनाका लागि मेटाउने प्रक्रिया स्थगित गर्ने विकल्प’ प्रदान गर्ने बताएको छ ।

त्यस अवधिमा पनि प्रयोगकर्ताले कुनै निर्णय नगरेमा पुराना भिडियोहरू स्वतः मेटिने मेटाले जनाएको हो ।प्रयोगकर्ताहरूलाई आफ्ना पुराना लाइभ भिडियोहरू सुरक्षित राख्न मद्दत गर्न फेसबुकले नयाँ डाउनलोड उपकरणहरू पनि सार्वजनिक गरिरहेको छ। प्रयोगकर्ताहरूले आफ्नो पुराना लाइभ भिडियोहरू एकै पटकमा डाउनलोड गर्न ‘डाउनलोड लाइभ भिडियोज’ विकल्प चयन गर्न सक्नेछन्, जुन उनीहरूले पाउने सूचनामा उपलब्ध हुनेछ।त्यस्तै, ‘ट्रान्सफर लाइभ भिडियोज’ विकल्प चयन गरी आफ्नो क्लाउड स्टोरेज प्रदायक, जस्तै ड्रपबक्स, गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा स्टोर गर्न सक्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports