यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८१ फागुन ८ बिहीवार ०८:२७
shares

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको भाउ स्थिर छ भने युरोको मूल्य केही घटेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा छ। बुधबार पनि यसको विनिमय दर यत्ति नै थियो।
युरोको भने केही घटेर आज १ को खरिदर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। बुधबार भने युरो १ को खरिद दर १ सय ४५ रुपैया २७ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ९० पैसा थियो।



































