linktrix Long Ad
Salt Trading Long Ad

युक्रेनी राष्ट्रपति जलेन्स्की विरुद्ध खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

598
shares

काठमाडौं । अमेरिकी र रुसी विदेशी मन्त्रीहरूको साउदी अरबमा भएको भेटसँगै डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विरुद्ध पोस्ट गरेका छन् ।

जेलेन्स्कीलाई ‘मध्यम स्तरको हास्य कलाकार’ उपमा दिएका छन् ।युरोपले भन्दा २ खर्ब अमेरिकी डलर अमेरिकाले दिएको, जम्मा साढे तीन खर्ब डलर दिइसकेको, अनावश्यक युद्ध बाइडेनको आडमा सुरु गरेको, युक्रेनलाई ध्वस्त गरेको, लाखौँको जीवन सकाएको जस्ता आरोप जेलेन्स्कीलाई ट्रम्पले लाएका छन् ।

ट्रम्पले जेलेन्स्कीलाई चुनाव नगर्ने ‘तानाशाह’ पनि भनेका छन् । ट्रम्पले लेखेको पोस्ट जेडी भेन्स, एलन मस्क लगायतले सेयर गरेका छन् । यो समाचार रुसी तथा विश्व मिडियामा प्राथमिकताका साथ आएको छ ।सन २०२२फेब्रुअरीबाट रुसले युक्रेनमा हमला गरेर युद्ध सुरु भएको थियो ।अमेरिकी र युरोपेली हतियार, आर्थिक , गुप्तचरी तथा कूटनीतिक आडमा युक्रेनले युद्ध लडेको थियो । ट्रम्प आएसँगै अब युक्रेनलाई सकस हुने देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports