kumari
stcnepal

आज प्रधानमन्त्री कप टी–२० क्रिकेटमा चार वटा खेल हुँदै

काठमाडौ । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुन लागेको हो ।

त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।

हिजो भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो । यस्तै त्रिवि मैदानमा आज हुने दोस्रो खेलमा वागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन् । वागमतीले हिजो भएको खेलमा लुम्बिनीलाई र एपीएफले प्रदेश–२ लाई हराएको थियो ।

काठमाडौको मूलपानी मैदानमा आज हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली तथा दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेश खेल्दैछन् । हिजोदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

footer