नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक बस्दै

845
shares

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै गृहमन्त्री रमेश लेखकले “सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै शेर बहादुर कुँवरले “सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभाबले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने” भन्ने सार्वजनिक महत्वको विषयमाथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची छ। उक्त प्रस्तावमाथी दयाल बहादुर शाही र पुष्प बहादुर शाहले स्पष्टीकरण माग गर्नेछन् ।

यसैगरी राजेन्द्र बजगाईले “नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर ( बँदेल ) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावका समर्थक उदय शमशेर ज.ब.रा. र सञ्जय कुमार गौतमले समर्थन गर्ने महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports