kumari
stcnepal

अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण

काठमाडौं । अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ रहेको बीबीसीले जनाएको छ ।

‘यो प्रत्यारोपण बेनेटको जीवन बचाउने अन्तिम उपाय थियो । यद्यपि अब उनी कति लामो समयसम्म बाँच्न सक्छन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन,’ बीबीसीले लेखेको छ ।अपरेशन गर्नुअघि बेनेटले भनेका थिए– यो प्रत्यारोपण ‘बाँच या मर’ भनेजस्तै थियो ।

उनले भनेका छन्, ‘मलाई थाहा छ यो अँध्यारोमा तीर हानेजस्तै हो तर यो अन्तिम मौका थियो ।’यदि बेनेटको यो अपरेशन नगरेको भए उनी मर्ने थिए । त्यसैले युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका डाक्टरहरुलाई अमेरिकाको स्वास्थ्य नियामकले यो काम गर्नका लागि विशेष छुट दिएको थियो । यो प्रत्यारोपण गर्ने मेडिकल टिमले धेरै वर्ष अगाडिदेखि यसबारे अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले हत्याको अनुसन्धान भइरहेको बताए । पक्राउ परेका भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले बताएका छन् ।

footer