सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यादेशका पक्षमा उभिन आफ्ना सासदहरूलाई काँग्रेसको ह्विप जारी

650
shares

काठमाडौं । नेपाली कांग्रेसले अध्यादेशका पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएको छ ।

बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले विभिन्न अध्यादेशहरू निर्णयार्थ पेस गर्ने तयारी छ । त्यसअघि नै कांग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधि सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन भनेको हो ।सत्तारूढ दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई मंगलबार एसएमएस गरेर अध्यादेशका पक्षमा उभिन ह्विप लगाएका हुन् ।

‘फागुन २१ गते दिउँसो १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ प्रमुख सचेतक घिमिरेले पार्टीका प्रतिनिधि सभा सांसदहरूलाई पठाएको एसएमएसमा उल्लेख छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।सरकारले सहकारीसहित ६ वटा अध्यादेश सदनमा दर्ता गरे पनि निर्णयार्थ पेस गरेको छैन।

प्रतिनिधि सभामा कांग्रेस र एमाले मात्रैको पनि बहुमत छ तर राष्ट्रिय सभामा अध्यादेश स्वीकार गर्न उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको साथ सरकारलाई आवश्यक छ।राष्ट्रिय सभामा ३ सांसद भएको जसपा नेपालले भूमिबाहेक अध्यादेश स्वीकार गर्न सहयोग गर्न सकिने बताइरहेको छ।भूमिसम्बन्धी अध्यादेश बुधबारको प्रतिनिधि सभामा निर्णयार्थ पेस हुन्छ कि सरकारले फिर्ता लिन्छ यकिन भइसकेको छैन । अध्यादेशहरू राष्ट्रिय सभामा भने बिहीबार निर्णयार्थ पेस गर्ने तयारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports