सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्यास व्यवसायी र सरकारबीच वार्ता

637
shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज विहान साढे ११ बजेबाट ग्यास उद्योगी र सरकारबीच वार्ता जारी छ । ग्यास उद्योगीले विभिन्न माग राखेर आन्दोलन घोषण गरेका थिए ।

सरकारले ग्यास उत्पादकको माग पूरा गर्ने भन्दै आन्दोलन स्थगित गरेका थिए । तर, सरकारले माग सम्बोधन नगरेको भन्दै पुनः ग्यास उद्योगीले आन्दोलन गर्ने भनेपछि हिजो र आज उद्योग मन्त्रालयमा छलफल भैरहेको छ ।ग्यास उद्योगी र आपूर्ति सचिव गोविन्द बहादुर कार्कीसँग वार्ता भइरहेको छ । उद्योगीले ग्यासको कमिसन ५ प्रतिशत पुर्याउन माग गरेका छन् । २.७५ प्रतिशत कमिसन रहेकोमा वृद्धि गरेर ५ प्रतिशत कमिसन पुर्याउन व्यवसायीले माग गरेका छन् ।

नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले ग्यासमा स्वचालित मूल्य प्रणाली लागू र कमिसन ५ प्रतिशत पुर्याउन माग गरेको बताए ।सचिवले भने कमिसन वृद्धिको लागि एउटा समिति बनाउन प्रस्ताव गरेका छन् । भने व्यवसायीले समितिको मिति तोकेर नै यति समयसम्म समितिले अध्ययन गरेर प्रतिवेदन मन्त्रालयमा बुझाउने समय तोक्नु पर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports