सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सरकारले दियो स्वीकृति

689
shares

काठमाडौं । सरकारले संघीय संसदका दुबै सदनबाट स्वीकृत भएका अध्यादेशलाई प्रतिस्थापन विधेयक संसदमा पेश गर्नका लागि स्वीकृति दिएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई प्रतिस्थापन विधेयकका रुपमा संसदमा पेश गर्नका लागि स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सुशासन प्रबर्द्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१, निजीकरणसम्बन्धी अध्यादेश, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ संघीय संसदका दुबै सदनबाट स्वीकृत भइसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports