विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चलचित्र लालीबजारको प्रदर्शन बैशाख २२ गतेसम्म रोक्न अदालतको आदेश

1.83K
shares

काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’को रिलिज वैशाख २२ गतेसम्म रोक्न उच्च अदालतले आदेश दिएको छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको रिलिज रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

बादी महिलाको कथामा आधारित उक्त चलचित्रले बादी समूदायका महिलाको बदनाम गर्न खोजेको भन्दै बादी समूदायका केही अभियन्ताले चलचित्रविरुद्ध रिट हालेका थिए ।उच्च अदालतले वैशाख २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यतिञ्जेलसम्म अदालतले चलचित्र प्रदर्शनमा रोक लगाएको हो । लालीबजारको आज प्रिमियर शो आयोजना गरिएको छ ।

यसअघि चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आउने भनिए पनि अदालतको आदेशपछि २२ गतेसम्मलाई प्रदर्शन रोकिएको छ । उच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले २२ गतेको छलफलपछि चलचित्रबारे निर्णय हुने बताए ।

याम थापाद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘लालीबजार’ बादी महिलाको कथामा आधारित रहेको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि केही वादी अभियन्ताहरुले विरोध जनाएका थिए । चलचित्रको नाममाथि पनि उनीहरुले आपत्ति जनाएका छन् ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports