सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब रू २४००मा मुस्ताङ – काठमाडौं यात्रा गर्न सकिने

923
shares

मुस्ताङ-काठमाडौं रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले मुक्तिनाथदेखि काठमाडौंका लागि उक्त बससेवा सञ्चालनमा ल्याएको हो ।

मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले बुधबार (२२ फागुन) मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा उनले यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताए । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए ।मुस्ताङ-मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ-कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए ।

मुस्ताङ-काठमाडौं रात्रिकालीन बस सेवासुरु भएसँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले रु दुई हजार चार सयमा मुस्ताङ-काठमाडौं यात्रा गर्न पाउने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports