सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चैत महिनाका लागि केही बैकहरूले गरे ब्याजमा घटबढ

676
shares

काठमाडौँ । चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।

खासगरी यो महिनामा बचत खाताको ब्याजदर अधिकांश बैंकको स्थिर रहेको छ । एभरेष्ट बैंकले ०.०५ प्रतिशत विन्दुले बढाउनु र ०.०१ प्रतिशत विन्दुले घटाउनुबाहेक अन्य बैंकहरुको ब्याजदर स्थिर छ । यो खातामा सबैभन्दा कम ३ प्रतिशत र सबैभन्दा धेरै ३.१० प्रतिशत ब्याजदर तोकिएको छ ।त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ । त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ । ब्याजदर बढाएका बैंकमध्ये कुमारी बैंकले ०.१० प्रतिशत विन्दु, एनएमबि बैंक, एनआईशी एशिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशत विन्दुले व्याजदर बढाएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीनवटाले घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र एनआईशी एशिया बैंकले ०.२५ र कुमारी बैंकले ०.२६ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकको ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक
कृषि विकास बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । गत महिना यी सबै खाताको ब्याजदर समान थिए ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । बचत र व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नहुँदा यो महिना संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.६५ प्रतिशत विन्दुले घटेको छ ।

एभरेस्ट बैंक
एभरेष्ट बैंकले बचत खातामा ३.०५ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हो ।

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५ प्रतिशत ब्याजदर तोकेको छ । सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।

हिमालयन बैंक
हिमालयन बैंकले बचत खातामा ३.०४ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा क्रमशः ०.२५ प्रतिशत विन्दु बढी र ०.२५ प्रतिशत विन्दुले कम हो ।

कुमारी बैंक
कुमारी बैंकले बचत खातामा ३.०१ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.४१ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा क्रमशः ०.१० र ०.२६ प्रतिशत विन्दु बढी हो ।

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.५ प्रतिशतले घटाएको देखिन्छ ।

माछापुच्छ्रे बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा व्यक्तिगत मुद्दतीमा ०.५ प्रतिशतले घटाएको देखिन्छ ।

नबिल बैंक
लक्ष्मी सनराइज बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशतले बढाएको छ ।

नेपाल बैंक
नेपाल बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.०० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा व्यक्तिगत मुद्दतीमा ०.२० प्रतिशत विन्दुले घटाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.१५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचत खातामा ३.०२ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.५१ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले बचत खातामा ३.१० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा समान ०.२५ प्रतिशत विन्दु बढी हुन् ।

एनएमबि बैंक
एनएमबि बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यसमध्ये बचत खाताको ब्याजदर अघिल्लो महिना बराबर हो भने बाँकी ब्याजदर अघिल्लो महिनाको तुलनामा समान ०.२५ प्रतिशत विन्दु बढी हुन् ।

प्रभु बैंक
प्रभु बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.१० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.१० प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हो ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ६.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ४.०० प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।

सानिमा बैंक
सानिमा बैंकले बचत खातामा ३.०४ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.०० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ४.३० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अन्य खातामा ब्याजदर समान राख्दा संस्थागत मुद्दतीमा ०.३० प्रतिशत विन्दुले घटाएको छ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचत खातामा ३.०४ प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५.५० प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले मुद्दती खाताको ब्याजदर समान राख्दा बचत खाताको ब्याजदर ०.०१ प्रतिशत विन्दुले घटाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक
सिद्धार्थ बैंकले बचत खातामा ३.०० प्रतिशत, एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र एकवर्षे संस्थागत मुद्दती खातामा ३.२५ प्रतिशत ब्याजदर तोकेको छ । यी सबै ब्याज अघिल्लो महिनाकै बराबर हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports