सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलहरुकै कारण मुलुक संकटमा

741
shares

 

काठमाडौ । विभिन्न गुटमा विभाजित भएका राजावादी दलहरु र हिन्दुधर्मसम्बन्धी विभिन्न संघ संस्था र व्यक्तिको संयुक्त आयोजनामा पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौ फिर्ता हुँदा काठमाडौमा उनको भव्य स्वागत भएको छ । पूर्वराजा आउँदा काठमाडौमा शक्ति प्रदर्शन भएको छ । पूर्वराजा विमानस्थलबाट बाहिरिएपछि पूर्वराजाले गाडीबाटै आफ्ना समर्थकहरुलाई अभिभावद गर्दै निर्मल निवास पुगेका थिए ।
राजावादीहरुको प्रदर्शनपछि राजनीतिक दलका नेताहरु भने आक्रामण भएका छन् । यसभन्दा अगाडि एकले अर्कोलाई गाली गलौज गर्दै आएका राजनीतिक दलका नेताहरु पूर्वराजाको बढ्दो सक्रियतालाई लिएर एकै ठाउँमा उभिएका मात्र छैन एउटै स्वरमा पूर्व राजालाई कडा रुपमा चेतावनी समेत दिन थालेका छन् । २५ गते आइतबार सुदुरपश्चिम पुगेका प्रधानमन्त्री केपी ओलीले त्यहाँ आयोजित एक कार्यक्रममा भनेका थिए ।

मनलाई टुक्राटुक्रा पारेर देशलाई विभाजित नगर्न पूर्वराजालाई चेतावनी समेत दिएका थिए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अराजकताको बाटो हिडेर कसैले पत्याईहाल्छ कि भन्दै केही हत्याईहाल्छुकी भन्ने सपना नदेख्नु नै राम्रो हुन्छ भनेर ।’
प्रमुख प्रतिपक्षी दल माओवादीले आफ्नो पार्टीले हुलाकी मार्ग यात्रा स्थगित गरेको छ । यात्रा स्थगित गर्नुको कारण पूर्वराजाको गतिविधिलाई देखाएको छ । पूर्वराजाले फागुन ७ गते दिएको सन्देशलाई राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी संघ संगठनहरुले स्वागत गरेका थिए । राजनीतिक दलहरुले पूर्व राजालाई गाली गर्नुको बदला जनतालाई आवश्यक सेवा सुविधा दिएर जनताको मन जित्न नसक्नु र भ्रष्टाचारले गर्दा मुलुकको आर्थिक अवस्था जरजर हुनुले नै जनता सडकमा आउन बाध्य भएका छन् ।
राजनीतिक दलहरुले स्थिर सरकार दिन नसक्नु र पटक पटक सरकार परिवर्तन भइरहनु अनि दलहरुले जनताको हितलाई भन्दा पार्टीगत स्वार्थ र व्यक्तिगत स्वार्थ पूरा गर्दै जनतालाई वेवास्ता गरेकै कारण जनता अहिले पिडित भएका हुनाले नै उनीहरु राजावादीको समर्थनमा उभिएका हुन् भने हेक्का दलहरुलाई होस् । पूर्वराजालाई धम्क्याएर वा तर्साएर मात्र समस्याको समाधान हुन सक्दैन । जनताले चाहेको खण्डमा संविधान संशोधन हुन सक्छ । जनतामा निहिन सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता बाहेक अन्य सबै विषय संशोधन हुन सक्ने व्यवस्था संविधानले नै गरेकाले संविधान नै संशोधन हुन सक्दैन भन्नु उपर्युक्त हुन सक्दैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports