सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भः डिजिटल भुक्तानी र क्रस–बोर्डर कारोबारमा नयाँ युगको सुरुवात

637
shares

 

मुस्ताङ । मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसमा एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई सेवा सुभारम्भ भएको छ ।
उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरुले आफ्नो बैँक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी दान दक्षिण तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्् ।
यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरुलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास बैँकले लिएको छ ।
साथै यो सेवा क्रस बोर्डर (सीमापार) डिजिटल भुक्तानी प्रोत्साहन गर्ने महत्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तिय सहकार्यलाई नयाँ उचाईमा पु¥याउने अपेक्षा गरिएको छ ।
विशेष समारोहमा नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुणकर भट्ट, नेपाल राष्ट्र बैँकका निर्देशक मुक्ति सापकोटा, नेपाल राष्ट्र बैँक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैँ गण्डकी प्रदेश प्रमुख राजु राना मर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरु, बैँकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रभु बैँकका प्रतिनिधिहरुले बैँक प्रविधिमा निरन्तर अग्रसर रहेको जानकारी गराउँदै बैँकले देशभर ७७ वटै जिल्लामा ३१२ शाखा तथा ६७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको र देश विदेशमा उत्कृष्ट रेमिटेन्स सेवा उपलब्ध गराउँदै आएको बताए । अब भक्तजनहरुले मुक्तिनाथ मन्दिरमा डिजिटल भुक्तानीको सहज सेवा सुविधा पाउने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports