एमालेले चैत ४ गते बोलायो सचिवालय बैठक
वि.सं.२०८१ चैत १ शुक्रवार १९:३२
shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तु लगायत विषयमा छलफल हुनेछ ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
































