तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६ करोड रुपैयाँ खर्च लाग्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा

741
shares

काठमाडौंँ । आमागी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौड्यालका अनुसार आयोगले उक्त निर्वाचनमा पाँच करोड ९० लाख रुपैयाँ खर्च गर्दैछ।

राष्ट्रियसभामा ५९ सदस्य रहने प्रावधान छ। पहिलो कार्यकाल एक तिहाइको २ वर्ष, अर्का एक तिहाइको ४ वर्ष र त्यसपछि निर्वाचन हुने सांसद्को कार्यकाल ६ वर्ष रहने व्यवस्था छ। अहिले निर्वाचन हुने १९ पदको अवधि ६ वर्षसम्म कायम रहनेछ।

आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने राष्ट्रिय सभाको निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ। ९ दलका ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो।

निर्वाचनका लागि मतपत्र छपाइ समेत भइरहेको र छपाइ सम्पन्न गरी तीन दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने आयोगले जानकारी दिएको छ। निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

आयोगले पुस १२ देखि नै सबै प्रदेशमा एक एक जना निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदानस्थल केन्द्र रहने र अन्य ६ वटा प्रदेशमा १र१ वटा मतदान स्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ।
निर्वाचनमा प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाता सहभागि हुँदैछन्।

राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा एमालेका आठ, नेकपा ९एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन सदस्य छन्।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports