kumari
stcnepal

No result found.

कृषि विकास बैंकको सभा सम्पन्न

3

 

काठमाडौं । कृषि विकास बैंकले १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा बिहीवार कम्पनीको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको हो । साथै, सभाले आव २०७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने आव २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

footer