स्वास्थ्यमन्त्री खतिवडाको निर्णय प्रधानमन्त्री देउवाले लगाए अंकुश
वि.सं.२०७८ पुस २९ बिहीवार २१:०७
shares

काठमाडौ। स्वास्थ्यमन्त्री बिरोध खतिवडाको निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवाले अंकुश लगाएका छन् । वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत नियुक्ति प्रकरणमा यस्तो भएको हो।
खतिवडाले डा. गुणराज लोहनीको सरुवा वीर अस्पतालको प्रमुखमा गरेका थिए। तर, कांग्रेस सम्बद्ध कर्मचारी युनियनले त्यसको विरोध गरेको थियो । उक्त विषय प्रधानमन्त्री देउवासम्म पुगेपछि ठाडो आदेशमा लोहनीको सरुवा रोकिएको छ।
५ महिना सेवा अवधि बाँकी रहेका लोहनीलाई आर्थिक चलखेलका आधारमा मन्त्रीले कोभिड युनिफाइड अस्पतालको प्रमुखमा पठाएको भन्दै देउवालाई कुरा लगाइएको थियो। कांग्रेसका नेताहरुले समेत देउवालाई उक्त सरुवा रोक्न भनेका थिए।






























